संस्थागत परिचय

नेपालको कृषि प्रणालीमा पशुपंक्षिपालन व्यवसायको महत्व अनादिकालदेखि आजसम्म रहि आएको छ । पशुपालन व्यवसायलाई विविधिकरण, व्यवसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरि राष्ट्रिय उत्पादनमा योगदान पु–याउने पशु सेवा विभागको प्रमुख उदेश्य हो । वि.सं.१९९६ मा पहिलो पटक काठमाण्डौमा एलोप्याथिक प्रणाली अनुसार एक भेटेरिनरी डिस्पेन्सरीको स्थापना भयो र उक्त डिस्पेन्सरी वि.सं.१९९६ मा पशु चिकित्सालयमा परिणत भएको थियो वि.सं.२०१४ साल सम्ममा १० जिल्लाहरुमा पशु अस्पतालको स्थापना भयो । पशु स्वास्थको आवश्यकता बढ्दै गएकोले भारत, ँब्इरइह्ँब्ः को सहायतमा देश व्यापी रुपमा सेवा पुयाउन ३३ वटा अस्पताल, २१ डिस्पेन्सरी र १८ वटा चेकपोष्ट वि.सं. २०२१ सम्ममा स्थापना भए । यसै समयमा ६ वटा पशु विकास फार्महरु पनि खोलिए । वि.सं. २०२३ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभागको स्थापना गरी पाचौं पंचवर्षिय योजनादेखि पशु स्वास्थ्य, पशु आहारा, पशु प्रजनन् तथा पशुपालन व्यवस्थापन सेवालाई एकीकृत रुपमा कृषकहरुको घर दैलोमा पुयाउने उदेश्यले समन्वयात्मक पशु सेवा कार्यक्रम संचालन गरियो । वि.सं. २०२९ सालमा कृषिका सम्पुर्ण कार्यहरु समन्वयात्मक रुपले लानको लागि पशु विकास तथा पशु स्वास्थ्य विभागलाई पुनः कृषि विभागमा गाभिएको थियो ।  
वि.सं. २०३६ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभाग, कृषि विभागवाट छुट्टिई अलग भयो । क्रमिक रुपमा ७५ जिल्लामा जिल्ला पशु सेवा कार्यालय, गाउँ विकास स्तरमा सेवाकेन्द्र÷उपकेन्द्र स्थापना भए । विकेन्द्रिकरणको सिद्धान्त अनुसार जिल्ला पशु सेवा कार्यालय स्थापना संगै जिल्ला पशु सेवा कार्यालय स्थापना भयो । वि.सं. २०४९÷०४÷०१ देखि २०५२ अषाढ मसान्त सम्म जिल्ला कृषि बिकास कार्यालय र तत्कालीन श्री ५ को सरकारको २०५२÷०३÷०५ को निणर्यानुसार २०५२÷०४÷०१ देखि जिल्ला कृषि कृषि बिकास कार्यालयबाट अलग भई जिल्ला पशु सेवा कार्यालयको रुपमा कार्य संचालन भयो भने २०७२।०९।०९ को नेपाल सरकार मन्त्रिपरिषदको निणर्यले कृषि विकास मंन्त्रालय वाट अलग गराई पशुविकास मंन्त्रालय नामाकरण ग¥योे भने २०७२।०९।१७ नेपाल सरकार मन्त्रिपरिषदको निणर्यले पशुपंक्षी विकास मंन्त्रालय बनाउने निर्णय ग¥यो ।
पशुपालन व्यवसायलाई विविधिकरण, व्वसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान पु¥याउने हेतुले यस जिल्ला पशु सेवा कार्यालय दैलेख ले निम्न उदेश्य निर्धारण गरेको छ ।


➢    दुध , फुल तथा मासुको उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्ने कृषकहरुलाई सहयोग गर्ने कृषकको अवस्थामा सुधार गर्दे जाने ।
➢    राष्ट्रिय ग्रामिण अर्थतन्त्रलाई पशुपालनको माध्यमवाट टेवा पुयाई रोजगारीको अवसर श्रर्जन गर्ने ।
➢    पशुपंक्षिपालनवाट गरिव तथा समाजिक दृष्टिकोणवाट पिछडिएका वर्ग र महिलाहरुको आर्थिक तथा समाजिक स्थितिमा सुधार गरी जिवनस्तर उकास्ने ।
➢    कृषकहरुलाई पशुपालन व्यवसायमा समुह, समिति तथा संस्थागत रुपमा आवद्ध गराई वचत संकलन, ऋण लगानी तथा वजार व्यवस्थापनमा सहयोग गरि आत्मानिर्भर गराउदै जाने ।
➢    व्यवसायिक पशुपालन त्यसको श्रोत विकास तथा संरक्षण, सेवा कार्य तथा व्यवस्थापनमा निजी क्षेत्रलाई बढी सहभागी गराउने ।
➢    पशुपंक्षि उत्पादन सम्वन्धि उद्योग र व्यापारलाई प्रोत्साहन दिई स्वरोजगारको अवसरमा अृद्धि गर्ने ।
➢    जनस्वास्थ्य संरक्षण कार्यमा सहयोग गर्ने ।
➢    उन्नत पशुपंक्षि पालन प्रणाली अपनाउन प्रोत्साहन गरी व्यवसायिक पशुपंक्षि पालन गर्नमा सहयोग गर्ने तथा वातावरण संरक्षण कार्यमा टेवा पुरयाउने ।
➢    पशुपालन सम्वन्धि विविभन्न जनचेताना मुलक कार्यक्रममा सहयोग पुरयाउने ।
➢    पशुजन्य उत्पादनमा आधारित उद्योगहरुको लागि आवश्यक कच्चा पदार्थ स्वदेशमा नै उत्पादन गर्न पहल गर्ने ।
➢    पशुपालन व्यवसायको विस्तारका लागि आवश्यक दाना, घांस उत्पादनमा जोड दिने ।