संस्थागत परिचय
नेपालको कृषि प्रणालीमा पशुपंक्षिपालन व्यवसायको महत्व अनादिकालदेखि आजसम्म रहि आएको छ । पशुपालन व्यवसायलाई विविधिकरण, व्यवसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरि राष्ट्रिय उत्पादनमा योगदान पु–याउने पशु सेवा विभागको प्रमुख उदेश्य हो । वि.सं.१९९६ मा पहिलो पटक काठमाण्डौमा एलोप्याथिक प्रणाली अनुसार एक भेटेरिनरी डिस्पेन्सरीको स्थापना भयो र उक्त डिस्पेन्सरी वि.सं.१९९६ मा पशु चिकित्सालयमा परिणत भएको थियो वि.सं.२०१४ साल सम्ममा १० जिल्लाहरुमा पशु अस्पतालको स्थापना भयो । पशु स्वास्थको आवश्यकता बढ्दै गएकोले भारत, ँब्इरइह्ँब्ः को सहायतमा देश व्यापी रुपमा सेवा पुयाउन ३३ वटा अस्पताल, २१ डिस्पेन्सरी र १८ वटा चेकपोष्ट वि.सं. २०२१ सम्ममा स्थापना भए । यसै समयमा ६ वटा पशु विकास फार्महरु पनि खोलिए । वि.सं. २०२३ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभागको स्थापना गरी पाचौं पंचवर्षिय योजनादेखि पशु स्वास्थ्य, पशु आहारा, पशु प्रजनन् तथा पशुपालन व्यवस्थापन सेवालाई एकीकृत रुपमा कृषकहरुको घर दैलोमा पुयाउने उदेश्यले समन्वयात्मक पशु सेवा कार्यक्रम संचालन गरियो । वि.सं. २०२९ सालमा कृषिका सम्पुर्ण कार्यहरु समन्वयात्मक रुपले लानको लागि पशु विकास तथा पशु स्वास्थ्य विभागलाई पुनः कृषि विभागमा गाभिएको थियो ।
थप जानकारी